‘प्रदेशको नाम चाँडै टुङ्गो लगाउछौँ’: मुख्यमन्त्री राई

Post Thumbnail

कात्तिक १८,विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुङ्गो लगाउने बताएका छन्।

आज बिहीवार हामीसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरणलाई चाँडै टुङ्गो लगाउने बताएका हुन। अघिल्लो सरकारले सुर गरेका कामलाई पूरा गर्ने र बजेटलाई स्रोत खोजेर ठूलो बनाउने बताए ।

मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा बजेटलाई सही ढङ्ग र सही ठाउँमा खर्च गर्ने बताउँदै नेकपा एमालेको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको आरोप लगाए। उनले प्रदेशको नामाकरण गर्न दुई तिहाइ मतको आवश्यक पर्ने भएकाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूसँग पनि छलफल गर्ने र सहयोग पुर्‍याउन आग्रह गर्ने बताए।

ताजा अपडेट

खोजी गर्नुहोस