साफ यू–१५ च्याम्पियनसिप : बंगलादेशलाई उपाधी, पाकिस्तान पेनाल्टी सुटआउटमा हार्यो

कार्तिक १८,काठमाडौँ । चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले जितेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा एक/एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा बङ्गलादेशले बाजी मा¥यो ।

खेलमा शुरुआती अग्रता बङ्गलादेशले लिएको थियो । खेलको २७ औँ मिनेटमा पाकिस्तानका हसिब मोहम्मद खाले आत्मघाती गोल गरेपछि बङ्गलादेशले अग्रता बनाएको थियो । तर, खेलको ५४ औँ मिनेटमा पाकिस्तानले मोहिब उल्लाहको गोलको मद्दतले खेल बराबरीमा ल्याएको थियो ।

प्रतियोगितामा पाकिस्तानका हसिब मोहम्मद खान उत्कृष्ट खेलाडी बने । यस्तै चार गोल गर्दै बङ्गलादेशका मोहम्मद सर्वाधिक गोलकर्ता चुनिए । बङ्गलादेशले फेयरप्ले टोलीको अवार्ड समेत हात परेको छ ।

अन्तिम खेल हेर्न नेपालका लागि बङ्गलादेशी राजदूत मास्फी विन्टे शाम्स पनि एन्फा मैदान सातदोबाटो पुगेका थिए ।

विजेता टोलीलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापालगायतले पुरस्कार प्रदान गरे।

संम्बन्धित समचार

Leave a Reply