‘सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढोस्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १९, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गरेका छन् । यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास देउवाले व्यक्त गरेका छन् ।

नेपाल संवत नयाँ वर्ष ११४२ का अवसरमा शुभकामना सन्देश दिँदै देउवाले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन् ।

नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराइ स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेका प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।

नेपाल संवतको प्रचलन र गरिवी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोमा साख्वास्लाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको देउवाको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले नेपाल संवत् ११४२ को उपलक्ष्यमा समस्त नेपालीमासुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस