कांग्रेसका दोलखा जिल्ला सभापति जुवाखालबाट पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ कार्तिक १९, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक १९, काठमाडौं । नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामासहित १८ जनालाई जुवाखालबाट प्रहरीले समातेको छ । जुवा खेलिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । लामा हालै जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएका हुन् ।

बिहीबार राति सागर लामाको प्ल्याटमा जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा मारेको प्रहरीले बौद्धस्थित नयाँ बस्तीबाट उनीहरु पक्राउ गरेको हो । जुवा खेलाउने सागर लामा भने फरार छन् । उनले आफ्नो फ्ल्याटमा जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जुवाखालबाट ६ लाख १३ हजार ५ सय रुपैयाँ बरामद भएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस