चार बिमा कम्पनीहरुको लाभांश घोषणा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ कार्तिक १९, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १९, काठमाडौं । चार जीजन बिमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । सूर्या लाइफ, प्राइम लाइफ, ज्योति लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेका हुन् ।

प्राइम लाइफ इन्स्योरेन्सलेले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कूल १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यसमध्ये १५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि कम्पनीले ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

सूर्या लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १३.३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणामा ०.६६८ नगद लाभांश रहेको छ । त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद (कर सहित) गरी सो बराबरको लाभांश प्रस्ताव गरेको छ । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्स ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस