साताभर शेयर बजारमा उतारचढाव

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ कार्तिक १९, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक १९, काठमाडौं । यो साताभर शेयर बजारमा केही घटबढ भैरहयो । केही घटेर बढिरहेको नेप्से साताको अन्तिम कारोबार दिन दुई हजार आठ सय ४८.८४ अंकमा पुगेर रोकिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ३१.८ अंकमा पुगेर रोकिएको छ ।

यो साता कुल दुुई सय ३२ वटा कम्पनीको सेयर कारोबार भएका छन् । जसअनुुसार दुई लाख ८३ हजार नौ सय १२ पटकको कारोबारमा चार करोड ७२ लाख ७५ हजार छ सय ३९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २८ अर्ब २२ करोड ७५ लाख १३ हजार तीन सय ११ रुपैयाँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झन्डै तीन अर्ब रुपैयाँले बढी हो ।

गत साता भने नेप्सेमा दुई सय २९ कम्पनीको सेयर कारोबार भएका थिए । जसअनुसार दुई लाख ९९ हजार छ सय ६४ पटकको काराबारमा चार करोड ६५ लाख २८ हजार आठ सय ६० कित्ता सेयर किनबेच हुँदा कुल सेयर कारोबार रकम २५ अर्ब ४० करोड ८५ लाख ७४ हजार एक सय १० रुपैयाँ पुगेको थियो ।

तिहारको बिदाका कारण नेप्से यो साता चार कार्य दिन मात्र खुलेको थियो । सोमध्ये पहिलो, तेस्रो र चौथो दिन नेप्से बढेको थियो भने दोस्रो दिन नेप्से घटेको थियो । अन्तिम कारोबार दिन अर्थात् पाँचौं दिन भने तिहार बिदाका कारण नेप्से बन्द थियो ।

सोही आधारमा पहिलो दिन ५५ दशमलव पाँच अंकले बढेर दुई हजार आठ सय ३७ दशमलव ६१ अंकमा सीमित हुुन पुगेको नेप्सेको साताको चौथो कारोबार दिन अर्थात् तिहार बिदाको अघि पाँच दशमलव २२ अंकले बढेर दुई हजार आठ सय ४८ दशमलव ८४ अंकमा पुगेर रोकिएको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन नौ दशमलव ४६ अंंकले बढेर पाँच सय ३० दशमलव ४६ अंकमा सीमित हुुन पुगेकामा कारोबार रोकिनुअघि अर्थात चौथो दिन शून्य दशमलव ५२ अंकले घटेर पाँच सय ३० दशमलव ८९ अंकमा पुगेर रोकिएको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा नविल बैंक, महालक्ष्मी विकास बैैंक, अपी पावर लिमिटेड आदि परेका छन् । सेयर कारोबार भएका संख्याको आधारमा भने यो साता महालक्ष्मी विकास बैंक, अरुण काबेली पावर लिमिटेड परेका छन् ।

बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्सलगायत कम्पनीहरु परेका छन् ।

सूचीकरणतर्फ भने यो साता महुली लघुुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुुवित्त वित्तीय संस्था, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड आदिको बोनस सेयर नियमित कारोबारका लागि नेप्सेमा सूचीकृत भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस