दोलखाको कालिञ्चोकमा केबलकार सञ्चालन

Post Thumbnail

कार्तिक १८,काठमाडौँ । दोलखाको कालिञ्चोकमा केबलकार सञ्चालन भएको छ ।

दसैँअघि परीक्षण गरिएको केबलकारदेखि व्यावसायिक सञ्चालन शुरु भएको हो । केबलकार सञ्चालन भएपछि कुरी–कालीञ्चोक आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सजिलो भएको छ ।

जम्मा चारवटा केवलकार रहेकोमा शनिबारदेखि एउटा सञ्चालनमा आएको केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए ।

केबलकार ४५ करोड रुपैयाँको लागतमा साढे दुई वर्षमा निर्माण गरिसकिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस