बागमती प्रदेशमा पाँच वैज्ञानिक अध्ययन

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७८ कार्तिक १९, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १९, हेटौंडा । बागमती प्रदेश सरकारले युवा विज्ञानलाई प्रोत्साहन गर्दै हाल विश्वमा नै नयाँ प्रकारका ५ वटा विषयमा अनुसन्धान गरिरहेको छ । विज्ञानसम्बन्धी नयाँ विषयमा अध्ययन अनुसनधान गर्ने योजना र जानकारी भएका युवाहरुलाई प्रदेश सरकारले प्रोत्साहन गर्दै आएको छ ।

सोही अन्तर्गत बागमती प्रदेशमा हाल युवाहरुले नयाँ वैज्ञानिक अनुसन्धान गरिरहेका छन् । प्रदेश सरकारले युवा विज्ञानलाई प्रोत्साहन गर्ने उद्वश्यले युवा वैज्ञानिक कोष स्थापना गरेको छ । जसको लागी वर्षेनी प्रदेश सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने कानुनी बाध्यता छ । हाल सो कोषमा प्रदेश सरकारले २५ करोड रुपैयाँ जम्मा गरिसकेको छ । तर, साढे ३ वर्षमा सरकारले खर्च भने दुई करोड मात्रै गर्न सकेको छ ।

युवा तथा खेलकुद महाशाखा प्रमुख गोपाल प्रसाद कँडेलका अनुसार अहिले रातो च्याउ, दाँतको तेस्रो विधि, थोरै स्थानमा धेरै माछा पालन, जडिबुटिमा पाइने रासायनिक तत्वको खोजी र पेट्रोल तथा डिजेलका सफारीलाई विद्युतीय सवारीमा परिणत गर्ने विषयमा अध्ययन भईरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस