स्वास्थ्य मापदण्ड पालन गरी तिहार मनाउँन प्रधानमन्त्रीको आग्रह

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ कार्तिक २०, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक २०, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तिहार पर्वले मुलुकमा शान्ति, अमनचयन र सुशासनको प्रत्याभूतिमा उचाइ हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

भाइटीकाका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले उनले तिहारजस्तो दिदीबहिनी र दाजुभाइको मिलन गराएर आपसी भाइचाराको सम्बन्ध बढाउने पर्वले हामी सबैलाई त्यो किसिमको प्रेरणा र खुशी देओस् भन्ने कामना गर्दै मुलुकमा शान्ति, अमनचयन र सुशासनको प्रत्याभूतिमा उचाइ हासिल गर्न मद्दत पुगोस् भन्ने कामनासमेत व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री देउवाले यतिबेला संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र प्रगतिको दिशामा अगाडि बढाइरहेको उल्लेख गर्दै देउवाले आम नागरिक र राज्यका सबै निकायको आ–आफ्नै भूमिका एवं कार्यक्षेत्र रहने हुँदा सबैले आफ्नो भूमिकालाई बिर्सेर हिँड्न खोज्यौँ भने त्यसले हामी कसैलाई सफलता र खुशी दिन नसक्ने उल्लेख गरेका छन् ।

यस्तै प्रधानमन्त्रीले अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा स्वास्थ्य मापदण्डलाई पालना गरी तिहार मनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गरेका छन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस