नेपाल–भारत बससेवा आजदेखि पुनः सुरु हुँदै

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ कार्तिक २०, शनिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कार्तिक २०, काठमाडौं । जनकपुरधामदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने नेपाल–भारत मैत्री बस सेवा पुनः संचालनमा आउने भएको छ । २० महिनासम्म स्थगित रहेको जनकपुरधाम–पटना बससेवा आजदेखि पुनः सञ्चालन हुन लागेको हो ।

कोरोना महामारीका कारण गत वर्ष चैत ३ गतेदेखि बन्द भएको नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालनमा ल्याउन लागिएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जानकारी दिए । चौधरीले एसी सुविधायुक्त बस सेवा प्रत्येक दिन जनकपुरधामबाट राति ८ बजे पटनाका लागि छुट्ने बताए ।

२०७५ भदौ महिनामा जनकपुरधामबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र विहारको पटनाबाट विहारका मुख्यमन्त्री नीतिश कुमारले हरियो झन्डा देखाएर नेपाल–भारत मैत्रीपूर्ण बस सेवाको उद्घाटन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस