जसपाबाट निर्वाचित वडाध्यक्ष कांग्रेसमा सुत्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक २०, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २०, काठमाडौं । मोरङमा जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित वडाध्यक्ष र वडासदस्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

विराटनगर महानगरपालिका-१५ का वडाध्यक्ष अस्लम आलमसहित महानगरपालिका-१७ का वडासदस्य फिरोज आलम जसपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन् ।

शुक्रबार उनीहरुलाई काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । पार्टी प्रवेशपछि कार्यक्रममा वडाध्यक्ष आलमले नेपाली काँग्रेस​लाई एकढिक्का र मजबुत बनाउन आफू सधैँ लाग्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस