चाडपर्व लक्षित टेलिकमको अफरै अफर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ कार्तिक २०, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २०, काठमाडौं । चाडपर्वलाई लक्षित गरी नेपाल टेलिकमले विभिन्न अफर दिएको छ । दसैँ सुरु भएसँगै दिएको अफर तिहार, न्हुँदया र छठका लागि पुनः सुरु भएको छ । अफरमा डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर रहेको छ ।

अफरमा डेटा प्याकअन्तर्गत दुई सय ९४ रुपैयाँमा १० दिनका लागि २० जिबी डेटा र ९८ रुपैयाँमा तीन दिनका लागि ६ जिबी डेटा प्रयोग गर्न सकिने जनाइएको छ । त्यस्तै, एक दिनका लागि एक एमबिपिएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।

भ्वाइस सेवाअन्तर्गत २५ रुपैयाँमा २४ घन्टाभित्र प्रयोग गर्न मिल्ने गरी ४५ मिनेटको प्याक, ४० रुपैयाँमा तीन दिनभित्र प्रयोग गर्न सकिने गरी ८० मिनेटको प्याक र पाँच सय रुपैयाँमा ३५ दिनभित्र प्रयोग गर्न सकिने गरी एक हजार तीन सय मिनेटको प्याक उपलब्ध रहेको टेलिकमले जनाएको छ । यी प्याकहरू जुनसुकै समयमा प्रयोग गर्न सकिने जनाइएको छ ।

यसैगरी, अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसका रूपमा डेटा प्याक उपलब्ध गराइने कम्पनीले जनाएको छ । दुई सयदेखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने पाँच सय एमबी, पाँच सय रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने एक हजार २४ एमबी डेटा प्याक उपलब्ध हुने जनाइएको छ ।

तिहार, न्हुँदया र छठका अवसरमा कातिक १६ गतेदेखि कातिक २४ गतेसम्म यी अफरहरू लागू हुने कम्पनीले जनाएको छ । यसका लागि प्रयोगकर्ताले *1415*11# डायल गर्नुपर्ने हुन्छ ।  ‘नेपाल टेलिकम’ एपबाट पनि सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस