कार्तिक २०, काठमाडौं । आज देशभर थप १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पतालहरुबाट २ हजार १३४ जनाको पीसीआर परीक्षण गर्दा १२८ र १ हजार ७९८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ११ जना गरि कुल १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या आठ लाख १४ हजार २१७ पुगेको मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा कोरोना संक्रमणबाट ३९६ जना निको भएका छन् । योसँगै नेपालमा संक्रमणा भएर निको हुनेको संख्या सातलाख ९४ हजार ८३४ पुगेको छ ।
यस्तै देशभर हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८ हजारमा झरेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८ हजार १४४ रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसँगै हासम्म कोरोना संक्रमणबाट कुल संख्या ११ हजार ४३९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।