इङ्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइनलमा, दक्षिण अफ्रिका बाहिरियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ कार्तिक २१, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २१, एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा समूह वानबाट इङ्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइनल प्रवेश गरेको छ । दक्षिण अफ्रिका भने समूह चरणबाटै बाहिरिएको छ । इङ्ल्याण्ड र अष्ट्रेलिया क्रमश समूह विजेता र उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।

समूह चरणको अन्तिम खेलमा शनिबार इङ्ल्याण्डलाई १० रनले पराजित गरेपनि नेट रनरेटका आधारमा अफ्रिकी टिम विश्वकपबाट बाहिरिएको हो । समूहमा इङ्ल्याण्ड, अष्ट्रेलिया र साउथ अफ्रिकाले समान ८ अंक जोडेका थिए । तर नेट रनरेटमा अफ्रिकी टिम भन्दा इङ्ल्याण्ड र अष्ट्रेलिया अघि रहे ।

दक्षिण अफ्रिकाविरुद्ध १ सय ९० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ८ ओभरको क्षतीमा १ सय ७९ रन मात्र बनाउन सक्यो ।

इङ्ल्याण्डका मोइन अलीले बनाएको ३७ रन सर्वाधिक स्कोर रह्यो । डेविड मलानाले ३३, लियाम लिभिङ स्टोनले २८, जोस बटलरले २६ र अर्का ओपनर जासन रोयले २० रन जोडे । कप्तान इयान मोर्गानले १७ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन ।

दक्षिण अफ्रिकाका कागिसो राबडाले ३, तबरेज शम्सीले र ड्वेन प्रिटोरियसले समान २ तथा एनरिक नार्टजेले १ विकेट हात पारे ।

यसअघि सुरुवाती ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय ८९ रन बनायो । अफ्रिकी टिमका रस्सी भान डेर डुसनले नटआउट ९४ रन बनाएको इनिङ्समा एडेन माक्र्रामले नटआउट ५२ रन जोडे । क्विनटन डी ककले ३४ रन बनाए ।

इङ्ल्याण्डका आदील रासिद र मोइन अलीले एक एक विकेट हात पारेका थिए ।

पराजयका बाबजुत इङ्ल्याण्ड समूह विजेता बन्दै नकआउट चरण प्रवेश गर्यो । दक्षिण अफ्रिका समान ८ अंक भएपनि इङ्ल्याण्ड र अष्ट्रेलियासँग पछि पर्दै सेमिफाइनल यात्रा तय गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस