बोर्डोमाथि पीएसजीको संघर्षपूर्ण जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ कार्तिक २१, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २१, एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति पीएसजीले बोर्डोमाथि ३–२ गोलको संघर्षपूर्ण जित निकालेको हो ।

पीएसजीको जितमा नेयमारले दुई तथा केलियन एम्बाप्पेले एक गोल गरे । खेलको २६ औं मिनेटमा नेमायरले गोल गर्दै पीएसजीलाई अग्रता दिए । केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै नेयमारले गोल गरेका थिए । पहिलो हाफ सकिन दुई मिनेट अघि एम्बाप्पेकै पासमा नेयमारले दोस्रो गोल गरे ।

दोस्रो हाफमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाएका थिए । त्यसपछि घरेलु टोली बोर्डोले दुई गोल फर्कायो । ७८ औं मिनेटमा अल्बर्थ इलिसले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । खेलको इन्जुरी समयमा मबेय नियाङले गोल गर्दै हार अन्तर हटाउने काम गरे ।

यो जितसहित शीर्ष स्थानको पीएसजीले दोस्रो स्थानको लेन्ससँग १० अंकको अग्रता लिएको छ । । पीएसजीको ३४ अंक भएको छ । पराजित बोर्डोका १२ अंक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस