माओवादीले प्रदेश २ मा जिल्ला संयोजक तोक्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक २१, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २१, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रदेश-२ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सह इन्चार्ज तोकेको छ । धनुषाको प्रदेश पार्टी कार्यालयमा बसेको प्रदेश-२ पदाधिकारी समितिका अध्यक्ष प्रल्लाद बुढाथोकीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले प्रदेशमा रहेको आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो ।

सप्तरी
संयोजक: उमेश कुमार यादव

सिरहा
संयोजक: रामकुमार यादव

धनुषा
संयोजक: दीपक यादव
सह-इन्चार्ज: झल्कु यादव

महोत्तरी
संयोजक: तुलसी ढुंगाना,

सर्लाही
संयोजक: कमल बुढाथोकी
सह-इन्चार्ज: लोचन धिमाल र रामपृत राय

रौतहट
संयोजक: देवेन्द्र पटेल,

बारा
संयोजक: अनिल श्रेष्ठ

पर्सा
संयोजक: रामदरेश कुशवाह

त्यस्तै, बैठकले वीरगञ्ज महानगरपालिकाको संयोजकमा रहवर अन्सारीलाई तोकेको छ । अन्य जिल्लाको हकमा भने आवश्यकता अनुसार मात्र तोकिने प्रदेश २ का सह इन्चार्ज साहले जानकारी दिएका छन् । पालिकाको इन्चार्ज तोक्ने बारे भने सम्बन्धित जिल्लाको केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज, सह इन्चार्ज र संयोजक लगायतले प्रदेश सदस्यको परामर्श गरी टुङ्ग्याउने निर्णय समेत भएको उनले बताए ।

बैठकले पार्टी सदस्यले न्यूनतम मासिक लेबी तोक्ने निर्णय पनि गरेको छ । प्रदेश सदस्यले ७५ रुपैयाँ, जिल्ला समन्वय समिति सदस्यले ५० रुपैयाँ, गाउँ नगर समिति सदस्यले २५ रुपैयाँ र त्यो भन्दा तल्लो तहको समिति र आम सदस्यहरूले २० रुपैयाँ मासिक लेबी पार्टीलाई बुझाउनु पर्ने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस