इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमण: ६ जना घाइते, कादिमी सुरक्षित !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ कार्तिक २१, आईतबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

कात्तिक २१,काठमाडौँ । इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमण भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमीको निवासमा ड्रोन आक्रमण भएको वीवीसीले जनाएको छ ।

राजधानी बग्दादको ग्रीन जोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट आक्रमण भएको हो । आक्रमणमा ६ जना घाइते भएका छन् । प्रधानमन्त्री कादिमीले भने आफू सुरक्षित रहेको बताएका छन् ।

उनले इराक र इराकी नागरिकको हितका लागि शान्त र धैर्य बन्न आग्रह गरेका छन्।

यस्तै, अमेरिकाले इराकी प्रधानमन्त्री मुस्तफा अल कादिमीको निवासमा भएको ड्रोन आक्रमणको भर्त्सना गरेको छ । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले विज्ञप्ति निकालेर आक्रमणलाई आतङ्कवादको संज्ञा दिएका छन् । केही दिन यता इराकमा चुनावको परिणामलाई लिएर ग्रीन जोन नजिकै विरोध प्रदर्शन हुँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस