वाग्मतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक २२, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २२, काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा पाण्डेले विश्वासको मत लिने तयारी गरेको प्रदेश सभा सदस्य बद्री मैनालीले जानकारी दिए ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश सभामा कुनै दलको स्पष्ट बहुमत नरहे दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाका सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने र नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

गठबन्धनका नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालको सहमतिमा नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

१०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक रहेकोमा पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने छन् । यसअघि मुख्यमन्त्रीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस