जबराले तोके आफू र न्यायाधीश चुडालको संयुक्त इजलास

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक २२, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कात्तिक २२, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु सोमबार छलफलमै रहेका बेला न्यायाधीश कुमार चुडालले भने मुद्दा सुनुवाइ गरेका छन् ।

सोमबार सर्वोच्च अदालत पुगेका अरु न्यायाधीश छलफलमा रहेका कारण इजलासमा नबसेका बेला न्यायाधीश चुडालको इजलासले भने एक बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

रुकुम पूर्वको जिल्ला अदालतले गरेको एक आदेशविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा चुडालको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश जबराले सोमबार ६ वटा इजलास तोकेका छन् । जसमा चारवटा संयुक्त र दुईवटा एकल इजलास रहेका छन् । जबराले आफू र न्यायाधीश चुडालको संयुक्त इजलास पनि तोकेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस