चीनले दियो सेनालाई ३ लाख डोज कोरोना खोप

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक २२, सोमबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

कात्तिक २२, काठमाडौं । चीनले नेपाली सेनालाई ३ लाख डोज कोभिड–१९ विरुद्धको खोप दिएको छ ।

चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरिन्। खोपसँगै १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई दिइएको छ ।

नेपाली सेनाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस