सर्वोच्चमा आज बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक २२, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कात्तिक २२, काठमाडौं। आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संलग्न भएकाबाहेक सबै इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ भएको छ ।

दुई एकल र चारवटा संयुक्त इजलास गठन भएकोमा सबै इजलासले बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ गरेका हुन् । प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको भने पेशी तोकेका थिएनन् ।

प्रधानन्यायाधीश जबराले न्यायाधीश कुमार चुडालको साथमा आफैलाई संलग्न गराई संयुक्त इजलास राखेकोमा त्यसमा भने सुनुवाइ भएन । न्यायाधीश कुमार चुडालले एकल इजलासमा भएका मुद्दाको सुनुवाई गरेपनि प्रधानन्यायाधीश जबरा संलग्न इजलासमा भने सुनुवाइ हुन सकेन ।

ताजा अपडेट

खोजी गर्नुहोस