पछिल्लो २४ घण्टामा थप ३९० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक २२, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कात्तिक २२, काठमाडौं। पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २,६०६ पीसीआर परीक्षणमा ३७१ र २,४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ४२५ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७,६५४ रहेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस