धरहरा पुनर्निर्माणमा स्थानीय समुदायको सहयोग गर्ने

Post Thumbnail

कार्तिक १८,काठमाडौँ । धरहरा पुनर्निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकायहरु र स्थानीय समुदायले धरहरा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिंहदरबारमा गरेको कार्यक्रममा सम्बन्धित निकायले धरहरा पुनर्निर्माणका लागि त्यहाँ भएका पूर्वाधार हटाएर सहजीकरण गर्ने र भविष्यमा आइपर्ने काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, सञ्चयकोष, नेपाल राष्ट्र बैंक, हुलाक, ट्राफिक प्रहरी, केयुकेएलका प्रतिनिधि, काठमाडौं महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष लगायतले धरहरा पुनर्निर्माणका लागि सहयोग गर्ने बताएका छन् ।

नेपाल टेलिकमका प्रबन्धक झविन्दलाल उपाध्यायले तत्कालीन र दीर्घकालीन हिसाबले सहज हुने गरी टेलिफोनको लाइन व्यवस्थापन गरेर धरहरा पुनर्निर्माणमा सहयोग गर्ने बताए । सञ्चय कोषका कायम मुकायम वरिष्ठ प्रबन्धक शान्ता गौतमले धरहरा पुनर्निर्माणलाई सहयोग र स्थानीय समुदायलाई सहज हुने गरी बाटो खोल्न कोष तयार रहेको बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय समुदायलाई सहज हुने गरी बाटोको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबै निकाय र स्थानीय समुदायसँग समन्वय गरी धरहरा पुनर्निर्माणको कामलाई अघि बढाइने बताउनु भयो । अघिल्लो हप्तादेखि धरहरा पुनर्निर्माणको काम सुरु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस