वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आफ्नो २५औं बार्षिकोत्सव मनायो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ कार्तिक २३, मंगलबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कात्तिक २३,काठमाडौँ । नेपालको नवीकरणीय ऊर्जा प्रवद्र्धनको केन्द्रिय निकायको रुपमा कार्यरत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आफ्नो २५औं बार्षिकोत्सव मनाएको छ ।

केन्द्रको कार्यक्रममा बोल्नुहुदै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रवद्र्धन मार्फत् ऊर्जाको पहुँच विस्तार गर्दे जलवायु परिवर्तन विरुद्ध लड्न उल्लेख्य भुमिका खेलेको बताइन् । ऊर्जाले गरिवी निवारणमा भुमिका खेल्नुपर्ने बताउदै मन्त्री भुसालले जहाँ जमिन त्यहाँ सिंचाई सुविधा पु्याउन आफुँ प्रयासरत रहेको बताइन । उनले नेपालीको भान्साबाट एलपि ग्यास विस्थापन गर्ने लक्ष्य आफुँले लिएको बताउदै यसले व्यापारघाटा कम गर्न सहयोग पुग्ने धारण राखेकी थिइने ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले केन्द्रले ऊर्जाका पहुँच नभएका दुर्गम वस्तिहरुमा ऊर्जा पु्याएर सराहनिय काम गरेको बताए । सचिव कार्कीले मन्त्रालयले सरल प्रक्रिया वनाई लघु तथा साना जलविधुतहरुलार्ई राष्ट्रिय प्रशारणमा जोड्ने वताउनु भयो । उनले नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रवद्र्धनको लागि मन्त्रालयले नीजि क्षेत्रसँगको सम्बन्ध सुमधुर वनाउदै सँगसँगै लिएरहिड्ने बताए । कार्यक्रममा नेपालका लागि वेलायती राजदुत निकोला पोलिटले वेलायत सरकारले विगतदेखि नै नवीकरणीय ऊर्जा प्रवद्र्धनमा सहयोग गर्दे आएको स्मरण गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताए । केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले केन्द्रका २५ वर्षका मुख्य उपलव्धी चर्चा गर्दे नेपालमा नवीकरणीय ऊर्जाको प्रवद्र्धन र विस्तार गर्न सहयोग गर्ने सर्वलाई धन्यवाद दिए ।

कार्यक्रममा केन्द्रले स्थापनाको २५ वर्षमा हासिल गरेका मुख्य उपलब्धि सहितको स्मारिकाको विमोचन गरिएको थियो । साथै, मैत्रिपुर्ण फुटसल कार्यक्रमका विजेता टिमलाई ट्रफि प्रदान गरिएको थियो । रजत महोत्सवको अवसरमा केन्द्रले नवीकरणीय ऊर्जाको क्षेत्रमा विशिष्ट योगदान पु्याउने ब्याक्ति तथा संस्थालाई सम्मान गरेको थियो । केन्द्रले यस अवसरमा विधुतिय सवारी साधनको र्‍याली, नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र ऊर्जा समिश्रण बारेको वहस, मैत्रिपुर्ण फुटसल लगायतका कार्यकम पनि आयोजना गरेको थियो ।

कार्यक्रममा यस वर्षको मञ्चुका स्मृति अक्षय कोषद्वारा केन्द्रको समन्वयमा स्थापित ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार‘ तीन वटा संस्थाहरुलाई प्रदान गरिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस