राष्ट्रपति,उपराष्ट्रपति र प्रधानमन्त्रीद्धारा छठ पर्वको शुभकामना व्यक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक २४, बुधबार (२ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

कात्तिक २४, काठमाडौं । छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले छठ पर्वको सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको शुभकामना सन्देशमा छठ पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने उल्लेख छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले छठ संसारकै मौलिक पर्व भएको उल्लेख गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा सदभाव र एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि छठ पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमा उनले छठ पर्वलाई सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्व भनेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छठको अवसरमा सबै नेपालीलाई शुभकामना दिएका छन् ।

कोरोना त्रास कायमै रहेकाले स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन उनले अपिल पनि गरेका छन् ।

विगतमा विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा पर्वको रुपमा नेपालभर विस्तार भएको छ ।

सूर्यको उपासना गरी मनाइने छठ पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गरेपछि कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको छठ सम्पन्न हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस