कान्तिपथ राजमार्ग: निर्माणले गति लिदै, बाटोको स्थिती कस्तो छ ? (फोटोफिचरसहित)

-राज ढुंगाना

कात्तिक २४,काठमाडौँ । काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथ सडक आयोजनाको काम मध्यम गतिले अघि बढरहेको छ । लकडाउनमा कामै नरोकिए पनि कामले तिवैता भने पाएको छैन् । सो राजमार्गको काल्चे–बगुवामा जोखिमयुक्त पहिरो गएको छ । यहाँ खासै काम हुन सकेको छैन् । काल्चेबाट ग्राभेलसंगै बेस ओछ्याउने काम भइरहेको छ । भने ललतिपुरस्थित भट्टेडाँडामा पहिरो पन्छाउने काम भइरहेको छ ।

आयोजना अन्तर्गतको कुल ७९ किलोमिटरमध्ये अहिलेसम्ममा ५५ किलोमिटर भन्दा बढी कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको आयोजना प्रमुख इन्जिनियर ज्ञानेन्द्रकुमार झाले बताए ।

 

हेटौंडाको बुद्धचोकबाट सुरु भई ललितपुरको सातदोबाटोमा आएर टुंगिने यो लोकपथको कुल लम्बाइ ८९ किमि हो । यसमा मकवानपुरतिर ५१ किमि र ललितपुरमा ३८ किमि पर्छ ।

२०६५ सालमा नेपाल सरकारले हेटौंडा–काठमाडौं वैकल्पिक सडक योजनाका रूपमा कान्ति राजपथ सडकखण्डलाई कान्ति ‘लोकपथ’ नाम दिई यसको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर निर्माण कार्यलाई तीव्रता दिएको हो ।

 

संम्बन्धित समचार

Leave a Reply