मकवानपुरमा ट्रक र बस ठोकिँदा २ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ कार्तिक २४, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कात्तिक २४, मकवानपुर । मकवानपुरस्थित हेटौंडामा ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश-२-०३०१ख ५०३५ नंको ट्रकले मंगलबार राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनले बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस