बलिउड अभिनेत्री प्रियंका चोपडाको इन्गेजमेन्टको औंठीको मूल्य कति ?

बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह कति शानदार तरिकाले भएको थियो। विवाहको पहिरनदेखि औंठीसम्म प्रियंकाले निकै महँगा सामान लगाएकी थिइन् । हालै एक अन्तरवार्तामा उनको इन्गेजमेन्ट गर्दाको औंठीको मूल्य २.१ करोड भारु भएको बताएकी थिइन् ।

अन्तरवार्तामा प्रियंकालाई उनको सबैभन्दा मूल्यवान गहना कुन हो भनेर सोधिएको थियो । प्रश्नमा जवाफ दिने बेलामा उनले हाँस्दै भनेकी थिइन्, ‘यदि मैले मेरो इन्गेजमेन्टको औंठीको नाम लिइनँ भने मेरा श्रीमान् निक जोनसले मलाई मार्नेछन् । हुन त यो औंठीसँग मेरा थुप्रै याद जोडिएका छन्, त्यसैले पनि म यसैको नाम लिन चाहन्छु ।’

रिपोर्टका अनुसार निक जोनसले आफ्ना साथीको मद्दतले प्रियंकाका लागि औंठी लिएका थिए । प्रियंकाले आफ्नो इन्गेजमेन्टको औंठी टिफनीको हुनुपर्छ भनेको निकले सुनेका थिए । योसँग उनको पिताको निकै गहिरो सम्बन्ध पनि भएको निकले बताए । प्रियंकालाई विवाहको प्रस्ताव राख्ने सोच बनाएपछि मैले आफ्नो साथीलाई तत्काल बोलाएँ र टिफनी स्टोरमा गएर उनका लागि औंठी छानेका थिए ।
प्रियंका चोपडा र निक जोनसले सन् २०१८ मा प्रेम विवाह गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply