धादिङको ससाहमा दुई बस ठोक्किए, १५ जनाभन्दा बढी घाइते

Post Thumbnail

कात्तिक २४,धादिङ । धादिङवेशी–मलेखु सडकखण्डको नीलकण्ठ–८, ससाह भदुवारमा २ ओटा बस ठोक्किएर दुर्घटना भएको छ । सो दर्घटनामा १५ जना भन्दाबढी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

धादिङवेशीबाट चितवन जाँदै गरेको ना ५ ख ३२३५ नम्बरको बस र काठमाडौँबाट धादिङवेशी आउदै गरेको ना ७ ख ५८२८ नम्बरको बस एकआपसमा ठोक्किएका हुने । घाइतेहरुको सदरमुकाम धादिङवेशीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि दुवै बसलाई मेशिन लगाएर सडक अवरोध हटाउने काम भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस