भारतमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्‍यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ कार्तिक २४, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक २४, काठमाडौं । भारत राजस्थानको बाडमेर जिल्लाको जोधपुर नेशनल हाईवेमा बस र ट्रक (ट्रेलर) ठोक्किएका छन् । राजमार्गमा गलत दिशाबाट आइरहेको ट्रेलर बसमा ठोक्किँदा १२ जनाको मृत्यु भएको छ ।

भाडियावास गाउको संस्कार स्कूल नजिकै बिहान १०:३० बजे बस र ट्रेलर एकआपसमा ठोक्किएको भारतीय समाचार माध्यमले जनाएका हुन् ।

आपसमा ठोक्किएलगत्तै बस र ट्रेलनमा आगो लागेको थियो । आगोमा जलेर १२ जनाको मृत्यु भएको समाचार माध्यमले जनाएका छन् ।

जिउँदै जलेर ज्यान गुमाउनेमा एक बालिका समेत रहेको प्रहरीको भनाइ छ । दुर्घटनामा परी घाइते भएका ४० जनाको उपचार भइरहेको छ । यसमध्ये १३ जना गम्भीर घाइते भएको र उनीहरूलाई थप उपचारका लागि जोधपुर पठाइएको छ ।

समाचारअनुसार बस र ट्रेलर ठोक्किएपछि लागेको आगो दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । घटनामा परेका एक यात्रीका अनुसार बालोतराबाट जोधपुर जाँदै गरेको बसमा ३५/४० जना यात्रु सवार थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस