‘केही टुक्रा भिडियो बाहिर ल्याएर विवाद सुरु गर्न खोजियो’: मुख्यमन्त्री पाण्डे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक २४, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कात्तिक २३,काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विकास निर्माणको काम समयमै नसके योजना दिन्नँ भनेको बताएका छन् ।

मुख्यमन्त्री पाण्डेले पार्टीको कमिटी नभएको ठाउँमा बजेट नै दिन्न भन्नुको गलत अर्थ लगाइएको बताए । उनले सरकारले पठाएका योजनाहरुमा स्थानीय सहभागिता बढाउन र छिटो सक्न सहयोग गर्न कार्यकर्तालाई आफूले आह्वान गरेको बताए ।

सबै स्थानीय तहका वडामा आफ्नो कार्यकालमा ठुला अपूरा हुने योजनाहरु नपठाउने भन्दै साना योजना पनि समयमा सम्पन्न गर्न नसक्नेलाई किन योजना चाहियो भनेर आफूले भन्न खोजेको तर आफ्नो कुरालाई बङ्ग्याएर प्रस्तुत गरिएको उनको भनाइ छ ।

आफ्नै सरकारले पठाएको बजेटको सदुपयोग गर्न नसक्ने वडा कमिटीहरु काम नलाग्ने भन्दै सक्रिय रुपमा वडा कमिटीले विकास निर्माणको काममा सहभागी हुनुपर्ने र सोही अनुसार सरकारले बजेट दिने भन्न खोजिएको उनले प्रष्ट पारे । आफ्नो सरकारको सफलताका लागि आफ्नो पार्टी र संगठन परिचालन गर्न खोजेको कुराको केही टुक्रा भिडियो बाहिर ल्याएर विवाद सुरु गर्न खोजेको उनले बताए ।

कात्तिक १३ गते गृह जिल्ला धादिङमा मुख्यमन्त्री पाण्डेले कार्यकर्तालाई विकास निर्माणको काममा सक्रिय हुन निर्देशन दिएका थिए । सोही निर्देशनलाई बंग्याउदै टिकटक लगायत सामाजिक सञ्जालमा भिडियो क्लिप काटेर विरोध सुरु गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस