अफगानिस्तान सङ्कट: दिल्लीमा सुरक्षा बैठक, समावेशी सरकार गठन हुनुपर्नेमा जोड

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ कार्तिक २५, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कात्तिक २५,काठमाडौँ । अफगानिस्तानको सङ्कटबारे छलफल गर्न भारतको दिल्लीमा बसेको आठ देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठकले दिल्ली घोषणापत्र जारी गरेको छ ।

रुस, इरान र भारतसहितका देशले अफगानिस्तानमा समावेशी सरकार गठन हुनुपर्नेमा जोड दिएका छन् ।

साथै महिला, बालबालिका र अल्पसङ्ख्यकको आधारभूत अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन्। बैठकमा आतङ्कवाद, कट्टरपन्थी र लागुऔषध ओसारपसारबाट उत्पन्न हुनसक्ने खतरा र अफगानिस्तानमा आवश्यक मानवीय सहायताका बारेमा छलफल भएको बीबीसी हिन्दीले जनाएको छ ।

बैठकका लागि निम्ता गरिएको भए पनि पाकिस्तान भने सहभागी भएन । भारतले आयोजना गरेको बैठकमा रुससहित इरान, कजाकस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्केमिनिस्तान, उज्बेकिस्तानले भाग लिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस