सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक २६, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक २६,काठमाडौँ । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने तयारी गरे पछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

महान्यायाधिवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एसोसिएशनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आउजाउ गर्ने भित्री ढोका बन्द गरिएको छ ।

सर्वोच्चको वरिपरि सुरक्षाकर्मी खटिएका छन् । हिजो प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरे पछि नेपाल बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाउने तयारी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस