गजल
पवित्र जल हैन साउने त्यो भल जस्तै छ जिन्दगी
खुसी कुदेर बनाइएको ओखल जस्तै छ जिन्दगी
मैले हरेक मोडहरुलाई नियालेर यकिन गरेको छु
जो आउँछ हिर्काउछ भलिबल जस्तै छ जिन्दगी
खुसी चुहिरहेको छ झनझन पीडा थपिएको देख्छु
भत्किरहेको त्यो थोत्रो महल जस्तै छ जिन्दगी
हुदाँ धन गाँसिन्छन अनि रित्तिदा टाढिन्छन मान्छे
हेर्नुस रोडमा फ्यालिएको बोतल जस्तै छ जिन्दगी
जिउने मन हुँदा हुदैपनी जिउदै मर्नु परेपछी आज
बेकार बस्तुहरु फालिएको ढल जस्तै छ जिन्दगी
-निर्दोष नेत्र विक्रम तोलाङ्गी
रामपुर ओखलढुंगा