उपसचिव अर्यालको मस्तिष्काघातका कारण निधन

कात्तिक २७,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ ।

उनलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए ।

मन्त्रालयका निमित्त सचिव डा।हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् । अर्यालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

संम्बन्धित समचार

Leave a Reply