कांग्रेस महाधिवेशन: सभापतिमा शेखर कोइरालाको सम्भावना र चुनौती

-पुरञ्जन आचार्य                    

कांग्रेस महाधिवेशनमा अबको कार्यतालिका परिवर्तन गर्न सक्ने अवस्था छैन। किनकि, कांग्रेसको महाधिवेशन गर्ने कुरा उसको आफ्नो मात्रै हातमा रहेन। कांग्रेसको महाधिवेशन निर्वाचन आयोगसँग पनि जोडिन पुगेको छ। राष्ट्रिय सभाको उपनिर्वाचन माघ ७ देखि १० गतेभित्र गर्ने कुरा छ। महाधिवेशन गरेर नयाँ कार्यसमिति आयोगमा बुझाइसकेपछि मात्रै कांग्रेसको दल दर्ता हुन्छ। निर्वाचन आयोगमा नयाँ कार्यसमितिसहित दल दर्ता हुन नसके कांग्रेसको चुनाव चिह्न नै ‘फ्रिज’ हुने कुरा पनि सुनिन्छ। मंसिर अन्तिममा महाधिवेशन प्रारम्भ गरेर पुसको सुरुमा सक्ने कार्यतालिका पार्टीमा आयोगबाट परेको दबाबकै कारण केही दिन अघि सारिएको छ।

३५ दिन अघि नै महाधिवेशन सम्पन्न गरेर राष्ट्रिय सभामा जानुपर्ने व्यवस्थाका कारणले मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने निश्चित गरिएको छ। अहिलेलाई ढुक्कसँग के भन्न सकिन्छ भने अब शेर बहादुर देउवाले कांग्रेसको महाधिवेशन सार्नसक्ने अवस्था छैन।

समयमा महाधिवेशन गर्ने व्यक्ति शेर बहादुरजी होइन। उहाँको ट्रयाक रेकर्ड पनि त्यस्तै छ। उहाँ अलि रिल्याक्स मान्छे पनि हो। शेर बहादुरजीले कतिसम्म रबर तत्काउन सकिन्छ, त्यति तन्काउने गर्नुहुन्छ। अब महाधिवेशन गर्नैपर्ने बाध्यात्मक अवस्थामा उहाँ पुग्नुभएको छ।

त्यो गलत हो। मैले कांग्रेसलाई चिनेको ४ दशक भइसक्यो। अहिले जिल्ला अधिवेशन सकिएर आएका ३६६ प्रतिनिधिले मत दिँदा पनि उहाँ हार्नुहुन्छ। १३ जिल्लामा सकिएकै आधारमा भन्दा ग्यारेन्टीका साथ म भन्छु, उहाँ पराजित हुनुहुन्छ।

महाधिवेशनको मिति पटक–पटक उहाँले आफुले जित्नकै लागि सार्दै आउनुभएको हो। सार्न सकिने जति उहाँले मिति सारिसक्नुभयो। अब, सार्न सक्नुहुन्न।

अबको सत्य के हो भने उहाँ फेरि पनि सभापति चुनिने व्यक्ति होइन। अब सशक्त व्यक्ति सभापति हुने गरी आइसके। उहाँको विगतको प्रस्तुती पनि भएन। उहाँको सभापतिको कार्यकाल ६ वर्ष हुन लाग्यो। यो समयलाई कांग्रेसका आम कार्यकर्ताले हेरेर देउवाजीलाई फेरि पनि मत दिने आधार देख्दैनन्। जित्ने वा हार्ने, जे भएपनि उहाँ महाधिवेशनमा जान चाहिं बाध्य हुनुभएको छ।

उहाँले जित्नुपर्ने एउटा पनि कारण छैन। उहाँले सभापतिमा हार्ने अनेक कारणमा ३ कारण मात्रै भन्छु। पहिलो कारण, उहाँ सभापति हुँदाखेरि कांग्रेसले तीनै तहको निर्वाचनमा पराजय भोग्यो। राष्ट्रिय निर्वाचनमा उहाँले नेतृत्व दिन सक्नुभएन।

दोस्रो कुरा, उहाँ रणनीतिमा चुक्नुभयो। केही पार्टीसँग उहाँले अलायन्स गर्नुभयो। माओवादी अध्यक्षको छोरीलाई जिताउन कांग्रेस कार्यकर्तालाई हसिँया हथौंडामा भोट हाल्न लगाउनुभयो। माओवादीसँग स्थानीय तहमा गरेको त्यो गठबन्धन काम लागेन। केन्द्रको निर्वाचन हुने बेला माओवादीले अर्को दलसँग गठबन्धन बनायो। माओवादीसँग मिल्ने उहाँको रणनीतिक चाल असफल भयो।

अर्को, उहाँले मधेस केन्द्रित दललाई कांग्रेसको सिट छोड्नुभयो। बाबुराम भट्टराईलाई गोरखामा छोडिदिनुभयो। तर, अरु दलका नेताहरुले कांग्रेसका लागि कहीँ पनि सहयोग गरेनन्। चुनावमा सहयोग त गरेनन् नै, पछि पनि सहकार्य भएन। देउवाको नीति, रणनीति सबै फेल खायो।

देउवाले जुन चुनावी घोषणा-पत्र बनाउनुभएको थियो, त्यसलाई हेर्ने, पढ्ने कष्ट गर्नुभएन। त्यो करिब करिब काम नलाग्ने खोस्टो बन्यो। त्यसलाई पढेर केही असहमति पनि त्यतिबेला मैले जनाएको थिएँ। आफ्नो घोषणा-पत्र कार्यान्वयन गर्नतिर नलाग्ने व्यक्ति कसरी कांग्रेस सभापति हुन सक्नुहुन्छरु कांग्रेसीजनले घाँस खाएका छन् र ?

यतिका त्याग, तपस्या गरेर आएको पार्टी हो। फ्रेस व्यक्तिहरु नेतृत्व दाबी गर्ने स्थानमा आइपुगेका छन्। अहिले आएका महाधिवेशन प्रतिनिधिले यो २१ औं शताब्दीमा कस्तो नेतृत्व चाहिन्छ, बुझ्दैनन् र ? शेर बहादुरलाई सभापति बनाएर कांग्रेस भोली चुनावमा जानसक्छ ररु

फागुनरचैतबाट त राष्ट्रिय निर्वाचनमा जानुपर्ने हुन्छ। त्यसका लागि कसले लिड गर्नेरु सभापति यदि देउवा भए त उनले लिड गर्न पर्‍यो। शेर बहादुरले राष्ट्रिय निर्वाचनको लिड गर्न सक्नुहुन्छरु शेर बहादुरले अहिलेको कांग्रेसलाई लिड गर्न सक्नुहुन्न। आउँदो महाधिवेशनमा देउवा हार्ने पहिलो कारण उहाँ एक असफल नेता हो।

अर्को कारण, उहाँलाई देखाएर कांग्रेस आउँदो निर्वाचनमा जान सक्दैन। यसलाई म ‘ब्ल्याक एण्ड ह्वाइट’मा भनिदिन्छु।

शेर बहादुरजीसँग इतिहास छ, तर उहाँ भविष्यको कांग्रेस बनाउन सक्ने होइन। कांग्रेसको भविष्य शेर बहादुरको हातमा सुम्पनु हुँदैन।

शेर बहादुरजीको आफ्नो गौरवशाली इतिहास छ। तर। उहाँ भविष्यको कांग्रेसचाहिँ होइन। कांग्रेसको भविष्य उहाँको हातमा सुरक्षित छैन। हार्ने अर्को आधार यो हो। तेस्रो आधार पनि म भन्छु। उहाँको मूल्यांकन कसरी गर्नेरु पार्टी सभापतिको रुपमा उहाँको मूल्यांकन गर्न पार्टीको महाधिवेशन सात पल्ट सारिसक्नुभयो। पार्टीकै महाधिवेशन नै समयमा गर्न नसक्नेले राष्ट्रिय निर्वाचन पनि कसरी समयमा गर्लान्रु यो एउटा चिन्ताको विषय छ। विपक्षी दलको नेता भएर उहाँले कुनै दिन संसद्को रोस्ट्रममा उभिएर ओजस्वी, आम जनताको भाषा, बोली, वचन बोल्नुभएको छरु त्यसरी १० मिनेट बोल्न पनि सक्नु भएन। प्रतिपक्षी दलको नेताको रुपमा पनि उहाँ असफल, पार्टी सभापतिको रुपमा पनि असफल। प्रधानमन्त्रीको रुपमा उहाँको मूल्यांकन गर्ने बेला आउँदैछ। कुनै दिन गरौंला।

उहाँको चार पटकको प्रधानमन्त्रीको पद विवादमा छ। कुनै सम्झनलायक कामहरु छैनन्। अब उहाँले राष्ट्रिय निर्वाचन समयमै गरिदिनुभयो भने त्यही नै सम्झनलायक काम होला। प्रतिपक्षको नेताका रुपमा उहाँ असफल हुनुभयो। पार्टी सभापतिको रुपमा पनि उहाँ असफल हो। प्रधानमन्त्रीको कार्यकालको मूल्यांकन त केही समय पछि होला।

शेर बहादुरजीको विकल्प खोजेको हो कि शेर बहादुरजीको विरोध गरेको होरु विकल्प खोजेको हो भने उहाँको इतर समूहले यतिखेरसम्म आफू बीचमा भएको अलिकति प्रतिभाशाली र फ्रेस मानिसलाई यो हाम्रो विकल्प हो, यो हाम्रो फ्रेस उम्मेदवार हो भनेर भनिसक्नुपर्थ्यो। त्यसैले शेर बहादुरको विकल्प खोज्नेहरु कहीँ न कहीँ चुकिरहेका छन्।

भोलि यसले अप्ठ्यारो पार्न सक्छ। मेरो अनुरोध के छ भने, शेर बहादुरको विकल्प खोजेको हो भने देशभरिको कांग्रेसको जुन भावना छ, विश्वास छ, त्यसलाई कसले प्रतिनिधित्व गरिरहेको छ ? त्यसलाई मूल्याकंन गरेर आफूमध्येबाट एक जनालाई अगाडि सार्ने समय आइसक्यो। सबै सभापति हुनलाई दौडेको हो भने सबैले लडेर आ–आफ्नो परीक्षा दिनुपर्‍यो। जो पास हुन्छ, उसैले सभापति जित्ने हो।

यस कुरामा रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले खोजेको के हो ? आफू सभापति हुन खोजेको हो कि, शेर बहादुरको विकल्प खोजेको होरु शेर बहादुरजीबाट पार्टी चलेन पनि भन्ने, त्यसको विकल्पको लागि एकताबद्ध रुपमा, साँच्चिकै विकल्प को छरु जनतामा पनि र पार्टीमा पनिरु विकल्प पार्टीभित्र मात्रै भएर पनि पुग्दैन, जनतामा पनि हुनुपर्‍यो। जनताले पनि कांग्रेसमा आशालाग्दो नेतृत्व आउँदैछ भनेर सोच्ने कुरा पार्टीमा आएर जोडिन सकिरहेको छैन। जोडिनुपर्थ्यो। यसले समय लेला, तर केही समयपछि शेर बहादुर देउवाको विकल्प यो हो भन्ने ठाउँमा उनीहरु पुग्छन्।

३२ सयबाट ५ हजार प्रतिनिधि किन ल्याएको ? दायरा फराकिलो किन पारेकोरु भन्दा नेतृत्व फराकिलो किसिमले आओस् भनेर हो। भोटरको दायरा फराकिलो गर्ने, अनि नेता चाहिँ कन्जरबेटिभ ? म यो पदमा थिएँ, यो अनुभव छ। ठीकै छ। तर अनुभवले मात्रै हुँदैन। ऊर्जा पनि चाहिन्छ।

नेतृत्वमा सबैभन्दा पहिले हुनुपर्ने भनेको आफ्नो नेतृत्वमा कार्यकर्ताको भरोसा र विश्वास जितेर मात्रै हुँदैन। आज कांग्रेसको नेता भएर के गर्नु, भोली राष्ट्रिय निर्वाचनमा हार्‍यो भने ?

कांग्रेसको नेता हुनका लागि महाधिवेशन हुँदैछ। कांग्रेसको गौरवशाली इतिहास फर्काएर नेतृत्व स्थापित गर्न त राष्ट्रिय निर्वाचन पनि आउँदैछ। त्यसका लागि कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन पर्‍यो। पार्टी र राष्ट्रकै नेता हुने काम त यही १४औं महाधिवेशनले गर्ला नि१

पार्टी मात्रै कांग्रेस होइन नि। जनताको आशा र भरोसाको केन्द्र पनि हो नि। आशा र भरोसालाई अझ बढाएर कसले एक नम्बरमा स्थापित गर्न सक्छ, त्यसलाई ५ हजार प्रतिनिधिले कांग्रेसको जिम्मेवारी दिने हो। यसलाई नेता मान्दा देशको राजनीति ‘ड्राइभ’ गर्नसक्छ भन्ने विश्वासले पार्टीको नेता मानेर मत दिने हुन्।

महाधिवेशन प्रतिनिधिमार्फत् ३ करोड नेपालीको विश्वासको नेता बनाउने दायित्व हो। भोलि हुने राष्ट्रिय निर्वाचनमा नयाँ विचार, भिजन दिनसक्ने नेतृत्व कांग्रेसमा आयो है भन्ने हुन्छ नि। नेपालमा भइरहेका समस्यालाई एड्रेस गर्छ, पार्टीमा भइरहेका बेथितिलाई राम्रोसँग अन्त्य गर्छ भन्ने कार्यकर्तालाई लागेको हुन्छ। एकपक्षीय नभइ, कसैलाई काखापाखा गर्दैन भन्ने विश्वासका साथ उनीहरुले नेता चुन्छन्।

पार्टी भित्र र बाहिर विभेदको राजनीति गर्छ भने त्यस्ता नेताले नेतृत्व दिन सक्दैनन्। अलिकति मिहिनेत गर्ने हो भने शेखर कोइराला पहिलो पटकमा नै सभापतिमा निस्किहाल्छन्। केही मिहिनेत उहाँले गर्नुपर्छ। केही विषयमा उहाँ क्लियर हुनुपर्छ। केही अलायन्स उहाँले गर्न सकेर अलिकति मिहिनेत पुग्यो भने म त्यस्तो देख्दैछु। म त्यसै भनिरहेको छैन। देशै घुमेर आएको छु। म यसबीचमा तराईं पनि घुमेँ र पश्चिम घुमेँ, मोटामोटी सबैतिर गइरहेको छु। अब प्रदेश २ मा पनि जाँदैछु।

अधिकांश महाधिवेशनमा, राष्टिय निर्वाचनमा रिपोर्ट र सर्भे गरेको छु। पार्टीलाई पनि बुझाएको छु। गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालालाई पनि बुझाएको थिएँ।

०६४ सालमा माओवादी पहिलो हुने भनेको हो। २०७० सालमा चाहिँ माओवादी पहिलो हुने भनिएन। २०६४ सालमा कांग्रेसको ३२ देखि ३५ सिट भन्दा बढी आउँदैन भनेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग पनि शेयर भएको थियो। त्यो शेयर गर्दाखेरी तत्कालीन गृहसचिव पनि छेउछाउमै थिए। कांग्रेसका नेताहरुलाई पनि मैले घरमै गएर घण्टौं बसेर रिपोर्ट सुनाएको थिएँ।

कांग्रेसमा नेतृत्व परिवर्तनको प्रसव वेदना छ। छटपटी छ। नेतृत्व परिवर्तन भन्नेबित्तिकै के छ भने एउटा फ्रेस नेतृत्वको खोजी छ। यही हुन्छ भन्ने छैन। तर, अहिले भइरहेकोमध्ये एउटा फ्रेस स्टार्ट गर्दाखेरी डा शेखर कोइराला त्यसमा अरु भन्दा अग्रिम मोर्चामा छन्। अग्रपंक्तिमा छन्। उनीसँग यसको दुईवटा पेरीफेरी छ। उनी फ्रेस छन्, अर्को कुरा उनीसँग युवा टीम छ। अहिले आउने अधिकांश महाधिवेशन प्रतिनिधिहरु धेरैजसो युवाहरु पनि छन्। ती युवाहरुलाई लिएर कांग्रेस रुपान्तरणको अभियानमा लागिरहेको हुनाले कहीँ न कहीँ शेर बहादुरको विकल्प उनी हुन सक्छन्।

एक डेढ वर्ष अगाडि मलाई शेर बहादुरको विकल्प रामचन्द्र पौडेल हुन्छन् भन्ने लागेको थियो। अहिले परिस्थिति के भयो भने पौडेल १४औं महाधिवेशनमा आउँदाखेरि सबैको सम्मानित हुनुहुन्छ। उहाँको व्यक्तित्व पार्टी सभापतिभन्दा माथि पुगिसक्यो। उहाँलाई सभापतिको पद सुहाउँदैन कि जस्तो लागेको छ। त्यसैकारणले मैले पार्टी राजनीतिभन्दा माथि पुगिरहेको देख्छु उहाँलाई। राष्ट्रिय क्राइसिस आउँदा र पार्टीमा क्राइसिस आउँदा कसले सम्हाल्नेरु त्यो बेला रामचन्द्र जस्तो त्यागी, उमेरले पाको व्यक्ति चाहिन्छ।

भारतको उदाहरण हेरौं न, ठूलो इमर्जेन्सी आइलाग्यो, इन्दिरा गान्धीले सारा संविधान मिचिदिइन्। त्यतिखेर एउटा वृद्ध मानिस, जो पटनामा बसिरहेका थिए, जयप्रकाश नारायण (जो महात्मा गान्धीसँगै काम गर्थे) उनले त्यो वृद्धावस्थामा लडे। प्रजातन्त्र फर्काए। नेपालमा संवधानिक संकट आयो, प्रजातान्त्रिक संकट आयो वा एकदलीय शासन आयो भने त्यस्तो अवस्थामा यस्तै मानिसहरु चाहिन्छन्। जोसँग इतिहास छ, त्याग छ, उनीहरुले गर्न सक्छन्। त्यो भनेको पौडेल हुन्। क्राइसिस आयो भने नेतृत्व गर्न सक्नुपर्छ। वर्तमान अवस्थामा उहाँले त्याग गर्नुपर्छ।

रामचन्द्र पौडेललाई सभापति पद अलि सानै हुन्छ कि भन्ने लागिरहेको छ अब। केही दिन अघि मात्रै त्यत्रो पदभार ग्रहण गर्नुभएको छ। पाँचै वटा पार्टीको कमिटी गठनमा उहाँ हुनुहुन्छ। त्यसको उहाँ संयोजक बन्नुभएको छ। भन्दाखेरी उहाँ पार्टी राजनीतिभन्दा माथि पुगेको देखिन्छ।

राजनितिक विश्लेषक आचार्यले नेपाल लाइभलाई दिएको अन्तवार्ताको सारसंक्षेप

(Visited 51 times, 1 visits today)

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?