राजधानीमा खुल्यो ५ अर्ब लगानीमा पाँचतारे होटल हायात प्लेस !

कात्तिक २८, काठमाडौ । राजधानी काठमाडौंमा हायात ब्राण्डको नाममा अर्को पाँचतारे होटल हायात प्लेस खुलेको छ । काठमाडौंको सोल्टीमोडस्थित टाचलमा गोल्यान समूहले करिब ५ अर्ब रुपैयाँ लगानीमा होटल हायात प्लेस सञ्चालनमा ल्याएको हो ।

होटल हायात प्लेस अन्तर्राष्ट्रिय ब्राण्ड हायातकै ‘चेन अफ होटल’ हो । १० रोपनी जग्गामा फैलिएको होटल अन्तर्राष्ट्रियस्तरकै रहेको कम्पनीको दाबी छ ।

१४ तला अग्लो विल्डिङ सहितको होटलमा तीन स्वीट्स रुमसहित ७ सिट आउट ट्यरिस् रुम र १५३ गेष्ट रुमहरु उपलब्ध छन् । यसको अतिरिक्त होटल गार्डेन, जिम हल, स्पा, स्विमिङ पुल लगायतका सुविधाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

होटलको सम्पूर्ण तयारी पुरा भइसके पनि आगामी कात्तिक २९ गते हरिबोधिनी एकादशीका दिनदेखि मात्रै होटल औपचारिक रुपमा सञ्चालनमा आउनेछ । व्यवसायिक गोल्यान समूहले सुरुवाती चरणमा होटल हायात प्लेस रहेको दुईवटा भवन रियलस्टेड (अपार्टमेन्ट) का लागि भनेर निर्माण गरेको थियो । तर, अपार्टमेन्ट बन्दा नबन्दै विश्वमा कोभिड–१९ को महामारी फैलिन पुग्यो ।

यसले अपार्टमेन्ट व्यवसायमा समेत प्रभाव पर्न गयो र यस समूहले अपार्टमेन्टलाई होटलमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । सोही बमोजिम होटल हायात प्लेस काठमाडौं जन्मिएको गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply