रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ कार्तिक २८, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक २८, बुटवल । रोल्पामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

रोल्पाको माडी गाउँपालिका–६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको सो जिप आइतबार बिहान ११ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको र तीनजना घाइते भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले बताए ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस