नेपाल एक दिवसीय टिमको वरियतामा समावेश !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ जेष्ठ १८, शुक्रबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

जेठ १८,काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश गरेको छ ।
आईसीसीका अनुसार आजदेखि लागू हुने गरी नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएई) लाई एक दिवसीय टिमको वरियतामा समावेश गरिएको छ ।

आईसीसीले शीर्ष १२ टिमको वरियतालाई विस्तार गरी उक्त संख्या १६ पु¥याएको छ । नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र युएईले अब खेल्ने एक दिवसीय खेललाई आईसीसीले वरियता निर्धारणका लागि मान्य हुने खेलका रुपमा समावेश गरेको छ ।

नेपालले सन् २०१८ को फेब्रुअरीमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको शीर्ष तीनमा स्थान पक्का गरेपछि एसोेसिएट राष्ट्रको रुपमा एक दिवसीय मान्यता पाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस