सगरमाथा कला पत्रकारिताबाट भण्डारीलाइ सम्मान

कात्तिक, काठमाडौं । शुक्रबार सगरमाथा म्युजिक अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ काठमाडौंको रसियन कल्चर सेन्टरमा एक विशेष समारोहबीच सम्पन्न भएको हो । नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो ।

अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद १७ हजार ६९६ रुपैयाँसहित सम्मान गरिएको थियो । समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, ज्योति विकास बैंकका सिइओ बलदेव थापा, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले उनलाई सम्मान गरेका थिए । साहारा एपले मुख्य प्रायोजन गरेको अवार्डमा ज्योति विकास बैंकले सहकार्य गरेको थियो ।

त्यसैगरी सगरमाथा कला पत्रकारिताबाट शिवराम भण्डारीलाई सम्मान गरिएको थियो । रेडियो मार्फत रेडियो पत्रकारीताको माध्यमबाट गित संगितको संरक्षण, सम्बर्दन श्रीवृद्धिको लागि योगदान पुर्‍याए वापत भण्डारीलाइ सम्मान गरिएको हो ।

यस्तै सगरमाथा कला पत्रकारिताबाटै हिमालय टाइम्स दैनिकका कृष्ण भुसाल, टिभी फिल्मीका विष्णु सुवेदी, म्युजिक खबरका सुमन पण्डितलाई प्रदान गरिएको थियो । कार्यक्रममा गायिका रमिला न्यौपाने, प्रकाश दुतराज, निशु झा, डब्बु क्षेत्री, लोकराज अधिकारी, सुरेन्द्र महर्जन, रञ्जना कार्की, दुर्गा काफ्ले, गोविन्द कँडेल, माधव खरेल लगायतकालाई सम्मान गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply