यमपञ्चक सुरु, आज काग तिहार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक १९, सोमबार (५ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

कात्तिक १९, काठमाडौं । आज (सोमबार) बाट यो वर्षको तिहार सुरु हुँदै छ । हरेक वर्षको कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो चाड मनाउने गरिन्छ । तिहारलाई यमपञ्चक पनि भनिन्छ । पहिलो दिन आज काग तिहार मनाइँदै छ ।

पौराणिक कथाअनुसार कागले सन्देशवाहकका रूपमा मानव जातिलाई सहयोग गरेको मान्यता छ । कागलाई यमदूतका रूपमा पनि पुज्ने चलन छ । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीराफट्यांग्रा खाइदिन्छ । कागलाई हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि शब्दले पनि जोड्ने गरिन्छ । आजै आर्युवेदका प्रणेता धन्वन्तरीको सम्झना र सम्मानमा धन्वन्तरी दिवस मनाउने गरिन्छ ।

यमपञ्चकको दोस्रो दिन मंगलबार कात्तिक कृष्ण चर्तुदशीका दिन घरको रक्षक एवं द्वारपाल कुकुरको पूजा गरी कुकुर तिहार मनाइन्छ । कात्तिक कृष्ण चर्तुदशीका दिन बिहान पितृ उद्धारका लागि नर्के बगाइने परम्परा पनि छ । बुधबार कात्तिक १४ गते घरघरमा दीपावली गर्दै धनधान्य र एश्वर्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । कात्तिक कृष्ण औंसीका दिन धनसम्पत्तिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना गर्ने चलन छ । कात्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्न घरघरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिने हुनाले दीपावली पनि भन्ने गरिन्छ ।

बिहीबार कात्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पहाडको पूजा गरिन्छ । परम्पराअनुसार गोरु र गोवद्र्धन तिहारका दिन देउसी खेल्ने ग™िन्छ । यही दिनदेखि नेपाल संवत् पनि फेरिँदै छ । त्यो दिनदेखि ११३८ सकिएर ११३९ सुरु हुनेछ । तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीया तिथिका दिन भाइटीका मनाएपछि यो पर्व सकिन्छ । यसपालि भाइटीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस