नेप्सेमा २६ अंकको सुधार

कात्तिक २९, काठमाडौं । नेप्से परिसुचकमा आज २६ अंकको सुधार आएको छ । यस क्रममा चार अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएर ८६ लाख कित्ता सेयर किनबेच भएको छ ।

नेप्से २६ अंकले बढेको दिन नेप्सेमा कारोबार भएका सबै समूहमा सुधार आएको छ । विकास बैंक समूहमा १४१ अंक, जीवन बीमा समूहमा ११३ अंक र उत्पादन १०९ अंकको सुधार आएको छ । यसबाहेक अन्य सबै समूहमा समेत वृद्धि भएको छ ।

आज बोटलर्स नेपाल (तराई) र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ । यस्तै, तेह्रथुम पावर कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतले बढेको छ ।

संम्बन्धित समचार

Leave a Reply