उपत्यकाका यी चार ठाँउमा बिद्युत छैन्,कारण यस्तो छ

कात्तिक ३०,काठमाडौँ । उपत्यकाका विभिन्न ठाउँमा आज बत्ती छैन् । बिद्युत प्राधिकरणका अनुसार चार घण्टा बत्ती जाने भएको छ ।

विद्युतीय लाइन मर्मत तथा यन्त्र उपकरण जडानका लागि विभिन्न ठाउँमा चार घण्टा विद्युत् काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

चण्डोल क्षेत्रमा लिंक स्विच जडानको लागि बिहान ११ देखि दिउँसो तीन बजेसम्म सुकेधारा, चण्डोल, महाराजगञ्ज, विशालनगर, चप्पल कारखाना, लोसाल लगायतका ठाउँमा बत्ती काटिने प्राधिकरणले जनाएको छ । यस्तै मण्डिखाटार, एकताबस्ती र न्यु कोलोनी क्षेत्रमा पनि बिहान ११ बजेदेखि तीन बजेसम्म बत्ती काटिएको छ ।

यस्तै, धापासी फिडर अन्तर्गतको सामाखुसी चोकमा मर्मत तथा जडानको कामका लागि बसुन्धारा, टोखारोड, बानियाँटार, रानीबारी र ग्राण्डी अस्पताल वरपर पनि ११ देखि तीन बजेसम्म बत्ती जानेछ ।

यस्तै भैरवनाथ गण क्षेत्रमा उपकरण जडान र मर्मतको लागि लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिहान ६ देखि बिहान १० बजेसम्म बिजुली काटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ

संम्बन्धित समचार

Leave a Reply