नर्वेलाई हराउँदै नेदरल्यान्ड्स विश्वकप छनोटमा

मंसिर १, एजेन्सी । नेदरल्यान्ड्स सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत मंगलबार राति नर्वेलाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन स्टेभेन वर्गवाइन र मेम्फिस डिपेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८४ औं मिनेटमा स्टेभेनले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को जित दिलाए ।

यस जितसँगै समूह जी बाट नेदरल्यान्ड्सले विश्वकपमा स्थान पक्का गरेको हो । नेदरल्यान्ड्सले १० खेलमा २३ अंक जोड्यो ।

नर्वे भने विश्वकपमा छनोट हुन असफल भएको छ । नर्वेले १८ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

संम्बन्धित समचार

Leave a Reply