अर्जेन्टिना र ब्राजिल बराबरीमा रोकियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ मंसिर १, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १, एजेन्सी । फिफा विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिलले बराबरी खेल्दै अंक बाडेका छन् । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिना र ब्राजिलले गोलरहित बराबरी खेलेको हो ।

अर्जेन्टिनाको घरेलु मैदानमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।

यस बराबरीसँगै ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ । शीर्ष स्थानको ब्राजिल यस अघि नै कतार विश्वकपमा छनोट भईसकेको छ ।

अर्जेन्टिना १३ खेलमा २९ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । अर्जेन्टिनाको विश्वकपमा छनोट हुने सम्भावना बलियो रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस