आफूलाई विश्वासको मत दिन मुख्यमन्त्री राईको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर १, बुधबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

मंसिर १, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफूलाई विश्वासको मत दिन सबै प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन् ।

बुधबार प्रदेशसभामा विश्वासको मत माग्दै उनले सबै दलसँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको भन्दै आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । यो सरकार संविधानसम्मत ढंगले बनेको भन्दै मुख्यमन्त्री राईले प्रतिपक्षी दलले पनि समर्थन हुन्छ भन्ने आशा व्यक्त गरे ।

कानुनी व्यवस्थाले परम्पराले सत्तापक्ष र प्रतिपक्ष भए पनि हामी मिलेर काम गर्न सक्ने राईले बताए । मिलेर काम नगर्दा स्वाभाविक रुपमा अप्ठ्यारो पर्छ । राईले यो सरकार परिवर्तनको सन्दर्भमा राजनीतिक ध्रुवीकरणको सन्दर्भमा मनहरु मिल्न सकेका छैनन् । अनेक कार्यक्रमको सन्दर्भमा, ऐन कानुन बनाउने सन्दर्भमा सहमतिका साथ जान यो सरकार प्रतिवद्ध रहेको बताए ।’

मुख्यमन्त्री राईले आफूलाई प्रमुख विपक्षी दल नेकपा एमालेले आफूलाई विश्वासको मत दिनकै लागि मंगलबारको बैठक स्थगित गर्न आग्रह गरेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस