सर्वोच्चमा न्यायाधीशहरुको फुल कोर्ट सुरु

मंसिर २, काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशहरुको फुल कोर्ट सुरु भएको छ । सबै न्यायाधीशहरुको पूर्ण बैठक (फुल कोर्ट) बाट पेशी व्यवस्थापनसम्बन्धी सर्वोच्च अदालत नियमावलीको नियम संशोधन गर्ने तयारीका लागि न्यायाधीशहरुको छलफल सुरु भएको हो ।

यसअघि प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर गोला प्रथाबाट पेशी तोक्न मिल्ने गरी नियमावली संशोधनका लागि फुल कोर्ट बस्ने तयारी भएको छ ।

फुल कोर्ट बैठक प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविनाको हुने र अरु न्यायाधीशले गरेको निर्णयमा उनले हस्ताक्षर गर्ने तयारी रहेको एक न्यायाधीशले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply