न्यू क्यालेडोनियामा भएको जनमत संग्रहमा एकीकृत फ्रान्सकै पक्षमा जनमत

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ कार्तिक १९, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कात्तिक १९, काठमाडौं । फ्रान्स अधिनस्थ रहँदै आएको प्रशान्त द्वीप क्षेत्र न्यू क्यालेडोनियामा भएको जनमत संग्रह फ्रान्सकै पक्षमा आएको छ ।

फ्रान्समै रहिरहने अथवा स्वतन्त्र हुने विषयमाथि न्यू क्यालेडोनियामा गरिएको जनमत एकीकृत फ्रान्सकै पक्षमा आएको हो । मुख्य भूभागबाट करिब १८ हजार किलोमिटर टाढा रहेको उक्त क्षेत्र फ्रान्सबाट छुट्टिन हुन्न भन्ने पक्षमा ५६.४ प्रतिशत जनताले मतदान गरेका थिए । त्यसैगरी ४३.६ प्रतिशत मतदाताले भने स्वतन्त्र मुलुकका रुपमा रहनुपर्ने पक्षमा मतदान गरेका थिए ।

क्यालेडोनियामा १ लाख ७५ हजार मतदाता छन् । मतदानमा ८१ प्रतिशत नागरिक सहभागी भएको बताइएको छ । कानक आदिवासी पृथकतावादीहरूको एउटा हिंसात्मक आन्दोलनपछि दुई दशकअघि भएको सहमतिअनुसार जनमत संग्रह गरिएको हो ।

यसैबीच फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले मत परिणाम सार्वजनिक भए लगत्तै क्यालेडोनिया क्षेत्रका जनतालाई फ्रान्सको एकताको पक्षमा मतदान गरेकोमा धन्यवाद दिएका छन् । उनले जनमतसंग्रहबाट फ्रान्सको प्यासिफिक क्षेत्रको न्यू क्यालेडोनिया फ्रान्सकै भूभाग रहने गरी निर्णय आएकोमा खुसी व्यक्त गर्दै यो सबैको गौरवको विषय भएको बताए । (एजेन्सी)

ताजा अपडेट

खोजी गर्नुहोस