सरकारी छाप कीर्ते मुद्दाका फरार १८ वर्षपछि पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ मंसिर ३, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ३, झापा । सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–५ का ६५ वर्षीय उदय पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा पराजुलीलाई जिल्ला अदालतले २०६० माघ २१ गते एक वर्ष कैद र ५० रूपैयाँ जरिवानाको सजाय तोकेको थियो ।

सोही समयदेखि फरार पराजुलीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले बिहीबार पक्राउपछि जिल्ला अदालतमा पेश गरेको र पीसीआर परीक्षणपछि कैद भुक्तानका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको एसपी भट्टराईले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस