बार परिसरभित्रै घुसेर वकिलहरूलाई धम्क्याउने दुई पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ मंसिर ३, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर ३, काठमाडौँ । नेपाल बार एसोसिएसन परिसरभित्रै छिरेर वकिलहरूलाई धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर (काठमाडौं) प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार बिहीबार दिउँसो आन्दोलनरत कानुन व्यसायीलाई धम्क्याउने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई राति नियन्त्रणमा लिइएको हो ।

‘उनीहरूलाई हामीले बिहीबार राति घरबाटै पक्राउ गरेका हौं’, एसपी बस्नेतले भने, ‘अहिले दुवै जना परिसरको नियन्त्रणमा छन्, घटनाबारे थप अनुसन्धान जारी छ ।’

पक्राउ परेका ढकाल काठमाडौं महानगरपालिका– ६, बौद्ध र श्रेष्ठ कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका बासिन्दा रहेको एसपी बस्नेतले बताए । ​बिहीबार दिउँसो प्रधानन्यायाधी चालेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका बेला अचानक केही युवा बार परिसरभित्रै पसेर वकिलहरूलाई तथानाम गाली गरेका थिए ।

त्यसपछि कानुन व्यवसायीहरूले ती युवालाई तँ को होस् भन्दै धकेल्न थालेपछि झडप हुन सक्ने देखेर प्रहरीले उनीहरूलाई बार परिसरबाट बाहिर निकालेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस